दुर्गा प्रसाद शाक्य
अध्यक्ष, चैनपुर शाक्य समाज
नेपालको पूर्वाञ्चल क्षेत्रको १६ जिल्लामध्येको एउटा दुर्गम जिल्ला संखुवासभा हो । यस जिल्लाको पूर्वमा ताप्लेजुङ्ग जिल्ला, पश्चिममा सोलुखुम्बु जिल्ला, उत्तरमा चीनको तिब्बत, दक्षिण पश्चिममा भोजपुर, दक्षिण पूर्वमा तेहथुम र दक्षिणमा धनकुटा जिल्ला पर्दछन् । यस जिल्लामा सप्तकोशी नदीको प्रमुख नदी अरुण नदी पर्दछ भने अन्य साना महत्वपूर्ण नदीहरूमा सभा, हिवा, पिलवा आदि पर्दछन् उत्तरी क्षेत्र हिमाली क्षेत्र भएको र ८४६३ मिटर अग्ला मकाल हिमाल यसै जिल्लामा पर्दछ किमाथांका तिब्बतसँग जोड्ने प्रमुख नाका हो चैनपुर बजार जिल्लाको दक्षिणी भेगमा पर्ने पूर्व पश्चिम फैलिएको डाडामाथि बसेको करिब ३०० घरधुरी भएको एउटा नेवार बस्ती हो यो समुद्री सतहभन्दा ४५०० फिट उचाइमा रहेकोले यहाँको हावापानी अत्यन्तै मनोरम र स्वास्थ्यवर्धक मानिन्छ।
त्यसो त सुखवासभा जिल्लामा खादबारी नगरपालिका (जो जिल्ला सदरमुकाम), खराग बजार पनि नेवारहरूको बाहुल्यता रहेको बस्ती हो यसो भए तापनि चैनपुर बजारमा बसोबास गर्ने ८० प्रतिशतभन्दा बढी परिवार नेवार जातिकै छन् । नेवार बाहेक यहाँ बाहुन, क्षेत्री, तामाङ, राई, लिम्बु आदिको बसोबास छ । कुनै समयमा सिङ्गो चैनपुर बजारमा पाँच-छ परिवार बाहुनहरूको बाहेक अरु सबै नेवार जातिकै थिए जसमा आधाजसो शाक्यहरु र आधाजसो श्रेष्ठ परिवारहरू थिए । हाल आएर विभिन्न कारणले बजारबाट नेवारहरूको बसाइ अन्यत्र सरेकोले बजारमा बाहुन, क्षेत्र, राई, लिम्बु तथा अन्य जातिहरूको वृद्धि भएको छ।
आजभन्दा करीब १७५ वर्ष जति पहिले पाटन ललितपुरको कुम्भेश्वर बगलामुखी मन्दिर क्षेत्र र काभ्रेको नाला र धुलिखेलबाट पाँच-सात परिवार श्रेष्ठहरू तथा कुम्भेश्वरसँगै जोडिएको पाटनको नागबहाल क्षेत्रबाट चार परिवार शाक्यहरू एउटै समयमा उपत्यकाबाट त्यस विकट दुर्गम जिल्लामा बसाई सरी गएको देखिन्छ । तिनै बाजे बराजुका सन्तानहरू आज पुनः यस उपत्यकामा बसोबास गर्न आइपुगेका छन् काठमाडौँ उपत्यकाबाट यसरी जाने नेवारहरूमध्ये श्रेष्ठहरूले विभिन्न प्रकारका व्यापार गर्न थाने भने शाक्यहरूले करुवा, आखीरा, मूर्तिहरू, तामा, पित्तलका भाडाकुडा बनाउने कामका साथसाथै व्यापार पनि गर्ने गरेका छन् नेवार जाति उद्यमशीन र व्यवसायी छन् भन्ने कुराको उदाहरण यो पनि हो यसरी उद्योग व्यापारमा लागे तापनि आफ्ना बाबु बाजे र पुखले अपनाई आएका संस्कृति र परम्परालाई नबिसीकन मनाउदै आएका छन्। केवल स्थान हावापानी, स्थानीय रहनसहनको प्रभाव आदिका कारण त्यसमा केही तलमाथि परेको वा फरक फरक स्थानमा केही फरक पर्ने गरेको भने पक्कै देखिन्छ ।
यहाँ चैनपुरबासी नेवारहरूले मनाउने गरी आए केही परम्परा र संस्कृतिहरूका बारेमा उल्लेख गर्न आवश्यक भएकोले संक्षिप्तमा उल्लेख गर्ने प्रयास गरिएको छ ।
- नववर्ष: यस दिन प्राय जसो सबै जना विभिन्न देवदेवीको मन्दिरहरूमा गई पूजाआजा र दर्शन गर्ने गर्दछन् । चैनपुर बजारमा शाक्य परिवारहरू बुद्धधर्म अनुयायी र श्रेष्ठ परिवारहरू हिन्दुधर्म अनुयायी हुन् । तर दुवै धर्मावलम्बीहरू पूर्व धार्मिक सहिष्णुताका साथ एक अर्काको पूजाआजा परम्पराको कार्यमा सरिक हुने गरेका छन् ।
- मातातीर्थ औंसी : दुवै धर्मावलम्बी नेवारहरूले यस आमाको मुख हेर्ने औंसीमा आमाको मुख हेर्ने तथा आमा नहुनेले आमाको नाममा सिदा दान गर्ने गर्दछन्।
- अक्षय तृतीया: यस दिन राम्रो साइत हुने गरेकोले शुभकार्यहरू गरिने तथा सक्खरको सवत दान गर्ने परम्परा रही आएको छ ।
- बुद्ध जयन्ती (स्वाया पुन्ही) : बुद्ध जयन्तीको कार्यक्रम बौद्ध धर्मावलम्बी शाक्यहरूले मात्र नभई अरु नेवारहरूले पनि उत्तिकै उत्साहपूर्वक मनाउने गर्दछन् ।
- सिटी नख (कुमारषष्ठी): शाक्य तथा अन्य नेवारहरूले यस दिन आ-आफ्ना दाजुभाइ मिली कूलपूजा गरी प्रसाद ग्रहण गर्ने चलन रही आएको छ ।
- गु़ँलाधर्म: बौद्ध धर्मावलम्बी शाक्यहरूले गुला थ्व प्रतिपदाका दिनदेखि अलाव प्रतिपदाका दिनसम्म एक महिना माछामासु नखाई सांझमा तुतं (नामसगिती पाठ गर्ने गर्दछन् । हाल पुरानो पुस्ताका शाक्यहरूको अवसार सँगै नयाँ पुस्ताका युवाहरूले यो तुत (नाम सगिती) पाठ गर्ने कार्य पूरै त्यागी सकेको छ।
- नागपञ्चमी: यस दिन सबैको घरघरमा पुरेतहरूले नाग टाँसी पूजा गरिदिने गरेका छन् भने नेवारहरूले यसै दिनदेखि लाखे निकाल्ने गर्दछन् । चैनपुरको लाखे मुखुण्डो र नाच्ने तरिकाका लागि नेपाल मै राम्रो लाखेनाचमध्ये पर्छ भन्ने धेरैको भनाइ छ ।
- यल पञ्चदान (पञ्चराँ): श्रावण शुक्ल अष्टमीका दिन पाटनका शाक्य बज्राचार्यहरूले बौद्ध धर्म र परम्परा अनुसार मनाउने यो पर्व शाक्य बज्राचार्यहरूले मनाई आएका छन् । यसमा शाक्य भिक्षुहरूलाई विभन्न वस्तु दान प्रदान गरिने चलन रहेको छ । हाल काठमाडौंमा बसोबास गरी आएका शाक्यहरूले पनि यस परम्परालाई निरन्तरता दिई आएका छन् ।
- क्वाती पुन्ही: स्वाती खानका साथसाथै जनै धारण गर्ने जोशी, कर्माचार्य जस्ता नेवारहरूले यस दिन आफ्ना पुरेतबाट जनै धारण गर्ने, अन्य नेवारहरूले पुरेतबाट हातमा डोरो बाँध्ने गर्दछन् भने शाक्यहरूले यस दिन बवाती पकाई नखत्या बोलाउने चलन छ ।
- गाईजात्रा (सापारु) : शाक्य बज्राचार्य बाहेकका अरु नेवारहरूले आफ्ना दिवगत स्वजनको सम्झनामा सापार निकाल्ने, रामायण पाठ गराउने गर्दछन् चैनपुर बजारमा पाटनबाट बसाई सरी जाने नेवारहरूको संख्या धेरै भएको भएतापनि सापार निकाल्ने चलन भने भक्तपुरमा जस्तै बासमा अग्ला अग्ला सापार बनाई बजार परिक्रमा गर्ने चलन रहेको छ। यस अवसरमा गाईजात्राका साथ साथै लाखेको परिक्रमा पछि मात्र सापार परिक्रमा गराउने चलन रहेको छ शाक्यहरूले सापारु ननिकाल्ने भएतापनि उक्त जात्रामा बजार परिक्रमा गर्नेहरूले फलफूल खुवाउने, जात्रामा सरिक हुने तथा रामायण पाठमा सहयोग गर्ने गरी आएको छ ।
- हिलेजात्रा: गाईजात्राको भोलिपल्ट विभिन्न हास्यव्य सहितको झाकीहरू निकाली. जात्रा मनाइन्छ । भक्तपुरमा गाईजात्राकै दिन सापार तथा हाँस्यव्यङ्ग्य सहितको भाकीहरू एकै दिन निकालिन्छ भने यहां अलग अलग दिन निकालिन्छ । यस दिन शाक्य बज्राचार्यहरूले भने उक्त वर्षमा आफ्नो परिवारमा दिवंगत भएकाहरूको सम्झनामा विभिन्न मन्दिरहरूमा गई बत्ती बाल्ने गरी आएका छन् । यो पाटनमा मनाइने मलयाको निरन्तरता हो ।
- बाघजात्रा: हिलेजात्राको भोलिपल्ट बाघ तथा विभिन्न जनावरहरूको रुप लिई जात्रा निकाल्ने चलन रहेको छ । गाईजात्राका दिनदेखि बाघजात्राको ३ दिनसम्म वरपरका गाउँहरूबाट जात्रा हेर्न आउनेहरूको ठूलो भीड लाग्ने गरेको छ । चैनपुर बजारको प्रमुख जात्राहरूमा गाईजात्रा मुख्य मानिन्छ।
- श्रीकृष्ण जन्माष्टमी: भगवान् श्रीकृष्णको जन्माष्टमी भएकाले श्रद्धालुहरुबाट त लिने, श्रीकृष्णको जन्म पश्चात लाखे माने (लाखे नाच विसर्जन) तथा भोलिपल्ट श्रीकृष्णको रथयात्रा गर्ने गरिन्छ ।
- कशे औंसी: सबै थरीका नेवारहरूले जीवित बाबुको मुख हेर्ने तथा दिवंगत बाबुको सम्झनामा स्नान गरी सिदा दिने गरिआएको छ ।
- बडा दशैं: सबै थरीका नेवारहरुले बडा दशैंको घटनस्थापनाका दिन जमरा राख्ने नवरात्री भर प्रसिद्ध मन्दिर सिद्धकालीमा नवरथ जाने, टीका ग्रहण गर्ने गरी पूर्णिमासम्म टीका थाप्ने चलन रहेको छ । यसमा बडा दशैं हिन्दुहरूको चाड भएतापनि यहाँ बौद्ध धर्मावलम्बीहरू समेत समान रूपमा यस चाडलाई मनाउँछन् भने यस पर्वलाई प्रमुख पमा परिवार मिलनको रूपमा लिइन्छ ।
- तिहार : बडा दशैँ पछि तिहार सबै नेपालीहरूको अर्को महत्वपूर्ण विशेष चाड हो । अन्य जातिका मानिसले तिहारमा देउसी भैलो खेल्ने र भाइटीकाको दिन दिदी बहिनीको हातबाट टीका लगाउने मात्र गर्दछन् तर नेवार जातिले भने विधिवत् रूपमा लक्ष्मी पूजा, म्हपूजा र किजापूजा गर्ने गरी आएका छन् । पहिले म्हपूजालाई नेवारहरूको परम्परागत मण्डप सहितको पूजा मात्र गर्ने चलन थियो भने हाल आएर यसलाई नेपाल संवत्को रूपमा मनाउनका साथसाथै म्हपूजा पनि गर्ने गरी आएका छन् । त्यसै गरी किजा पूजाका दिन पनि मण्डप सहितको पूजा आजा गर्ने गरिन्छ । मण्डप तयार गरी विशेष रूपमा पूजा गर्ने चलन हिन्दू तथा बौद्ध दुवै सम्प्रदायका नेवारहरूले गर्दछन् । मण्डप तयार गर्ने र पूजा गर्ने विधि भने हिन्दू र बौद्धहरूमा केही फरक भएको भनाइ भएतापनि तात्विक रूपमा फरक भएको पाइदैन।
- योमरी पुन्ही: धानबाली उठाएपछि धान्यपूजाको रूपमा मनाइने योमरी पुन्ही विशेष गरी शाक्य बज्राचार्यले बढी महत्वका साथ मनाएको पाइन्छ । योमरी खासगरी दुई आकारमा बनाइन्छ एउटा बैठक साथ माथिल्लो भाग चुच्चो पारी ठाडो गरेर राख्ने र अर्को दुवै तर्फ चुच्चो बनाई सुताएर राख्ने । योमरीमा चाकु तिल राख्ने, बारा बनाउने मासको दाल राख्ने तथा मासुको किमा राख्ने गरी बनाइन्छ । यसका साथै विभिन्न देवीदेवताको प्रतिमूर्ति बनाई त्यसलाई धानको भकारीमा राखी पूजा समेत गर्ने गरिन्छ । योमरी पुन्ही मनाउने चलन नेवार जाति बाहेक अन्य जातिमा भएको पाइन्न ।
- स्वास्थानी व्रत: माघ महिनामा एक महिनासम्म स्वास्थानी व्रतकथा प्रत्येक स वाचन गरिन्छ । खासगरी श्रेष्ठ नेवारहरूले यो स्वस्थानी व्रतकथा वाचन गर्ने गरेता पनि बौद्ध धर्मावलम्बीले पनि यो कथा वाचन गर्ने गरेको पाइन्छ ।
- माघे सक्रान्ति: हिन्दु बौद्ध सबै धर्मावलम्बीका नेवारहरूले मात्र होइन सबै खाने जातजातिले घिउ, सक्खर, तिलको लड्डू र तरुल आदि खाई यो संक्रान्ति मनाउने गर्दछन् ।
- महाशिवरात्री: खास गरी हिन्दु नेवारहरूले यस दिन व्रत राखी हिवरात्री मनाउने राति धुनी जगाउने गर्दछन् ।
- फागु पूर्णिमा: फागु पूर्णिमा भन्दा करीब ७ दिन पहिले देखि नै बजारका केटाहरू दुई समूहमा बाँधी दिउँसो पत्रका (पिचकारी) खेल्ने र केहीले पानी ल्याई दिने व्यवस्था गरिन्थ्यो । हाल यो चलन हराउँदै गएको छ फागु पूर्णिमाका दिन सरस्वती मन्दिर परिसरमा जम्मा भई पूजा आजा र बाजागाजा सहित फागु गीतका साथ होली खेल्दै बजार परिक्रमा गर्ने गरिन्छ ।
- चैत दशैं र रामनवमी: बडा दशैंको सानो रूपमा चैते दशैलाई सबै नेवारहरूले मान्ने गरिन्छ भने रामनवमीको दिन रामवेणी भन्ने स्थानमा मेला लाग्दछ ।
माथि उल्लेखित चाडबाड र उत्सवहरू वर्षभरि नेवारहरूले नियमित रूपमा मनाउने चाडवाडमा पर्दछन् भने तपसिलका हिन्दु तथा बौद्ध धर्मावलम्बी नेवारहरूले गर्ने गरी आएका छन् ।
बौद्ध धर्मावलम्बी शाम तथा बज्राचार्यहरूले गर्ने परम्परागत रीतिथिति-
- दही प्युरा खुवाउने (गर्भधारण कर्म): आफ्नो छोरीको गर्भ रहेको कुरालाई कुशलताको कामना गर्दै माइती पक्षबाट दही च्युरा र सगुन दिने गरिन्छ।
- मचा बैंकेगु (न्वारान): बच्चाको जन्म पश्चात छोरा भए चार वा ६ दिनमा तथा छा भए ५ दिनमा न्वारान गरिन्छ । यसमा पहिलो बच्चा भए माइती तफबाट सगुनसहित विशेष भेंट दिइन्छ भन्ने अन्य बच्चाहरूको पालामा त्यस्तो गर्न जरुरी मानिदैन।
- मचा जपानी (अन्नप्राशन): छोरा छ महिना लागेपछि र छोरी भए पाँच महिना लागेपछि उपयुक्त साइत हेरी जक गरिन्छ । यसमा पनि पहिलो पटकको बच्चाको पालामा माइती तर्फबाट सगुनका साथै विशेष भेट लगिन्छ भने अरुको पालामा त्यस्तो गर्न जरुरी मानिदैन।
- निह बुन्ही: खास गरी बच्चाको दुई वर्षको जन्मदिन मनाउँदा पोमरीको माला लगाई दिई पूजा गरी सगुन दिने गरिन्छ । बिन्ही जस्तै कसै कसैले न्याह बुन्ही पांच वर्षको जन्मदिन पनि मनाउने गर्छन् तर आजकल यो चलन हराएर पश्चिमेली सिको गरी केक काट्ने चलन चल्न थालेको देखिन्छ ।
- चुडाकर्म (ब्रतबन्ध): बौद्ध परम्परा अनुसार आफ्नो उद्गमस्थलको बुद्ध बिहार महाविहारमा लगी ४ दिनसम्म टुपी काटी भिक्षु बनाई भिक्षादान लिई चुडाकर्म गरिन्छ चुडाकर्मका साथसाथै आचाल्हुइगु कर्म समेत गरी दिक्षा लिएको खण्डमा मात्र निजले बज्राचार्यको दर्ता पाउने चलन चलिआएको देखिन्छ। शाक्य बज्राचार्य बाहेकका अन्य बौद्ध धर्मावलम्बी नेवारहरूले भने टुपी राख्ने भएकोले बाजुबाट केतापूजा गर्ने वा बाहुन परतबाट ब्रतबन्ध गर्ने गरिन्छ ।
- जंकु (बुढो पारनी भीमरथारोहन): ७७ वर्ष ७ महिना ७ दिन ७ घड़ी ७ पलाको साइत निकाली पहिलो पटक जक गरिन्छ । त्यसै गरी ८३ वर्षको उमेरमा दोस्रो तथा ९१ वर्षको उमेरमा तेस्रो पटकको जक गरिन्छ तेस्रो पटक जक गर्दा झ्यालबाट निकालेर रथारोहण गराई नातिहरूले परिक्रमा गराउनु पर्छ भन्ने छ ।
- मृत्यु संस्कार: बौद्ध धर्मावलम्बी र हिन्दु धर्मावलम्बी नेवारहरूमा मृत्यु संस्कार फरक फरक ढंगले गरिन्छ । बौद्ध धर्मावलम्बी शाक्य बज्राचार्यहरूले ७ दिनमा चोख्याउने र १२ या १३ दिनमा लत्याको कार्य गर्ने गर्दछन् भने हिन्दु धर्मावलम्बीहरूले १३ दिनको कार्य गर्ने गरेको देखिन्छ । हिन्दु धर्मावलम्बी नेवारहरूले योभाजु नभएको कारणले बाहन पुरेतद्वारा पितृ कार्य गर्ने गराउने हुँदा नेवारीपनको कमी भएको महसुस गरिएको छ ।
- इहि (बेल विवाह): दुवै थरीका नेवारहरूले छोरीहरू ४-५ वर्षका भएपछि हि विवाह गर्ने चलन छ यस्तो बेलविवाह विधि पनि बौद्ध र हिन्दु नेवारहरूमा केही प्रक्रियागत फरक परेतापनि तात्विक रूपमा संस्कार एउटै हो।
- बारा राख्ने (गुफा राख्ने): इही गरी सकेपछि ९-१० वर्षको उमेरका छोरीहरूलाई १२ दिनसम्म गुफा राख्ने र बाढी दिन सूर्यदर्शन गराइने चलन दुवै थरी नेवारहरूमा छ । यसमा पनि बौद्ध धर्मावलम्बी र हिन्दुहरूको परम्परागत संस्कारमा सामान्य फरक भने देखिन्छ।
This article was originally published in Tansen Guthi Annual Publication 2072
Source: www.tansenguthi.org